You are viewing the translated version of एकभन्दा बढी राहदानी जारी गर्न सकिने.

Section 13
एकभन्दा बढी राहदानी जारी गर्न सकिने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि राहदानीको बहाल रहने अवधि बाँकी रहँदै देहायको अवस्थामा नयाँ राहदानी जारी गर्न सकिनेछः-
(क) कूटनीतिक वा विशेष राहदानीबाहकले साधारण राहदानी प्राप्त गर्न निवेदन
दिएमा,
(ख) साधारण राहदानीबाहकले प्रचलित कानूनबमोजिम कूटनीतिक वा विशेष
राहदानी प्राप्त गर्न निवेदन दिएमा ।